आज यी प्रदेशहरुमा हल्का वर्षा हुने, तराईमा हुस्सु लाग्ने
काठमाडौं । बिहान गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा मौसम आंशिक बदली रहे पनि सामान्यतया सफा छ ।
जल तथा मौसम विभागका अनुसार हिमाली भू–भागका एक वा दुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको हो ।
राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । बिहान काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ ।
चिसो बढिरहेको भन्दै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । जसमा भनिएको छ : देशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।
प्रतिकृया दिनुहोस