बाराबाट युरेनियमजस्तो देखिने वस्तुसहित ३ जना पक्राउ

Birganj

वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २९बर्षीय रवी चौधरी, ३० बर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका-२ बस्ने २२ बर्षीय वृज सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

जीतपुरसिमरा-७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुबाट बरामद गरिएको दुई किलोको वजनको उक्त वस्तु युरेनियम हुनसक्ने प्रहरीको अनुमान छ । चम्किलो उक्त वस्तुमा बिजुलीको बल्ब छुवाउँदा बल्ने गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...