भुपु गोर्खा र बेलायतबीच वार्ता, अर्काे वार्ता चाँडै हुने

Vu gorkha warta

काठमाडौं । भूतपूर्व गोर्खाहरूको मुद्दामा बेलायत र नेपालबीच जारी वार्तामा प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको नेपाली दूतावास लन्डनले जनाएको छ ।

दूतावासले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै वैठकमा भूपूगोर्खाहरूको औषधि उपचार, शिक्षा, रोजगारीलगायत कल्याणकारी विषयमा छलफल भएको जनाएको छ । बैठकमा नेपाली पक्षले उठाएका मागका सम्बन्धमा बेलायतस्थित रक्षा मन्त्रालयका पदाधिकारीहरूले आगामी दिनमा थप छलफल गर्न तयार रहेको बताएका थिए ।

अर्को वार्ता मितिबारे आफ्नो सरकारी संयन्त्रमार्फत छिट्टै जानकारी गराउने सहमति भएको पनि नेपालले जानकारी दिए । भूतपूर्व गोर्खाहरुका तर्फबाट मध्यस्तकर्ता मेजर रिटायर्ड जुदबहादुर गुरुङले वेलफेयर र पेन्सनका विषयमा महत्त्वपूर्ण छलफल भएको जनाए ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावासका सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल र भूपूगोर्खाको तर्फबाट जुद्धबहादुर गुरुङ, टिकेन्द्र देवान, उदयबहादुर गुरुङ, केशबहादुर गुरुङ र धर्म तामाङ सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...