एयर होस्टेसको करार नवीकरण नहुँदा आन्दोलनमा उत्रिए क्याबिन क्रु

Rnac jhagada

काठमाडौं । नेपाल वायुसेवा निगममा दुई जना एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित वार्ता चलिरहेका बेला कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरु प्रवेश गरेपछि निगममा तनाव उत्पन्न भएको छ ।

नेपाल वायुसेवा क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीच निगमको मानव संशाधन विभागमा भइरहेको वार्तामा जानकारी बिना प्रवेश गरेका ट्रेड युनियनकर्मी र संघबीच हात हालाहाल भएको हो । न्युरोडमा रहेको जनसेवा प्रहरी वृत्तका प्रमुख डिएसपी शालिग्राम शर्मासहितको प्रहरी टोलीले क्याबिन क्रु जाइलागेको अभियोगमा दुई जना ट्रेड युनियनका नेतालाई नियन्त्रणमा लिएको छ ।

निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको छ । निगम स्रोतका अनुसार बिहीबार क्याबिन क्रुले निगम मुख्यालयमा आन्दोलन गर्दा धकेलाधकेलको समेत अवस्था आएको थियो ।

निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण हुन्छ । यसक्रममा दुई जना एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुको आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।

निगम स्रोतका अनुसार बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरु तीन घण्टा डिले गरी उडेका थिए । बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण प्रभावित बनेका छन् ।

निगममा १५ वर्ष सेवा गरेका क्याबिन क्रुको सेवा करार नवीकरण नभएको संघको भनाइ छ । जहाज नउड्दा विमानस्थलमा यात्रुहरु भने अलपत्र पर्ने अवस्था आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...