माइतीघरको झ्यालबाट दृश्यावलोकनमा राष्ट्रपति (तस्बिरहरू)

Maiti ghar rastrapati

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार भोजपुरस्थित जन्मघर पुगेकी छन् । राष्ट्रपति भण्डारीले भोजपुरको रामप्रसादराई गाउँपालिका–५ आमबोटेमा रहेको आफ्नो जन्मघर निरीक्षण समेत गरिन् ।

दुई छोरीसहित जन्मघर पुगेकी राष्ट्रपति भण्डारीले सो स्थानमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको उद्घाटन पनि गरेकी थिइन् । रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५, मानेभञ्याङको आमबोटेमा निर्माण भएको उक्त शिक्षालय राष्ट्रपति भण्डारीको पहलमा बनेको हो ।

शिक्षालयलाई राष्ट्रपतिबाट ३७ रोपनी र परिवारका अन्य सदस्यले १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । राष्ट्रपति भण्डारीले बुबा९आमाको नाममा शिक्षालय स्थापना गर्नका लागि पहल गरेकी हुन् । श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय नामाकरण भएको उक्त शिक्षालय स्थापना भएसँगै प्राविधिक क्षेत्रका विद्यार्थीका लागि सहज हुने उनले विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले आफ्नो जन्मगाउँका साथै जन्मघर पनि निरिक्षण गरेकी थिइन् । भण्डारीको जन्म २०१८ साल असार ५ गते मानेभन्ज्याङमा भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...