जाजरकोट दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो (मृतकको नामसहित)
जाजरकोट । जरकोटको छेडागाड नगरपालिकामा जिप दुर्घटना हुँदा मृत्य हुनेको संख्या ११ जना पुगेको छ । मृत्यु हुनेमा चालकसमेत छन् ।
जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका हुन् । जन्ती बोकेको जीप जाजरकोटमा आइतबार दिउँसो साँढे ४ बजे जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सो दुर्घटनामा परी घाइते भएका डागाड नगरपालिका–५ का जैमान अधिकारीलाई उपचारका लागि सुर्खेत पठाइएको छेडागाड नगरपालिकाका मेयर रत्नबहादुर खड्काले बताए ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ११ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए ।
ज्यान गुमाउनेहरू
मानबहादुर राउत, भगवती माई गाउँपालिका-२, दैलेख
वीरेन्द्र केसी, भगवती माई गाउँपालिका-३, दैलेख
अम्बरबहादुर खड्का, भगवती माई गाउँपालिका-३, दैलेख
वीरबहादुर खत्री, छेडागाड नगरपालिका-६, जाजरकोट
जयकुडा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
नैनसरा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
रामबहादुर बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
दीपक अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
देवीसरा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
अम्बर अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
निशा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
प्रतिकृया दिनुहोस