जन्ती बोकेको जीप जाजरकोटको भिरपाटीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु, ३ जना घाइते

Jajarkot aacident 1

जाजरकोट । जाजरकोटमा आइतबार दिउँसो साँढे ४ बजे जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए ।

मृत्यु हुनेहरुमा दिपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, वीरबहादुर खत्री, अमर बहादुर खड्का, मानमहादुर रावल र वीरेन्द्र केसी रहेका छन् । सो दुर्घटनामा परी अमरबहादर अधिकारी, जैमान अधिकारी र निषा अधिकारी घाइते भएका छन् ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्दारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मध्यपहाडी सडक खण्डमा भएको दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ । दुर्घटनामा परेको जीप दैलेखबाट बिहेका लागि जाजरकोट आएको पनि थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...