सर्वाेच्चमा धर्ना बसेका कानुन व्यवसायीमाथि बरालले गरिन् जुत्ता प्रहार

Tara baral

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल बार एसोसियसनका पदाधिकारीसहितका कानुन व्यवसायीहरुले धर्ना दिइरहेका बेला चितवनकी सामाजिक अभियन्ता तारा बरालले नेपाल बार एसोसिएसनका वकिलहरूमाथि जुत्ता प्रहार गरेकी छन् ।

प्रधानन्यायाधीशको समर्थनमा उत्रिएकी बरालले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बाटो छेक्न बसेका कानुन व्यवसायीहरुलाई जुत्ता प्रहार गरकी हुन् ।

अभियन्ता बराल दिउँसो तीन बजेतिर धर्ना स्थलमा आएर वकिलहरूको विरोध गरिरहेकी थिइन् । यसै क्रममा उनले उत्तेजित हुँदै आफूले लगाइरहेको जुत्ता फुकालेर वकिलको समूहमाथि प्रहार गरेकी हुन् । उनलाई प्रहरीले नियन्णमा लिएको छ ।

धुर्मुस सुन्तलीले चितवनमा निर्माण गरेको क्रिकेट रंगशालाविरुद्ध बोलेर बराल सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पक्षमा यसअघि पनि उनले सर्वोच्चको गेटमा एकल प्रदर्शन गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...