पत्रकार रामकुमार एलनमाथि कांग्रेस समर्थकद्धारा हातपात, समाजवादी प्रेस संगठनद्धारा कारवाहीको माग

Ram kumar yelan

काठमाडौं ।गठबन्धनभित्रैको प्रमुख दल नेपाली कांग्रेसका समर्थकहरुले युवा पत्रकार रामकुमार एलनमाथि हातपात गरेका छन् ।

सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै आफूलाई नेपाली कांग्रेसका नेता इन्द्र बानियाँको समर्थक बताउने राजेश भेटवाल सहितका करिव २०–२२ जनाको जत्थाले गए राति पत्रकार एलनमाथि आक्रमण गरेको हो ।

आइतबार राति ९ः५० को समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा सांघातिक आक्रमण हुँदा उनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ ।

पत्रकार एलनको उद्धार गर्न पुगेका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको थियो । महासचिव मगर पनि सामान्य घाइते भएका छन् ।

यता, समाजवादी प्रेस संगठन नेपालले संगठनका उपमहासचिव एलनमाथि भएको हातपातको विरोध गरेको छ । संगठनका महासचिव भुपराज खड्काले विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गरेको छ । उक्त घटनासँग सम्बन्धित र घटनास्थलमा सशरीर उपस्थिति एवं घटनाका योजनाकार समेतको पहिचान गरी कडाभन्दा कडा कानुनी कारवाही गर्न समाजवादी प्रेस संगठनले माग गरेको छ ।

महासचिव खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिव २०/२२ जनाको जत्थाले गएराति उहाँमाथि आक्रमण भएको हो । पत्रकार एलनको उद्धार गर्न पुग्नुभएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको छ । महासचिव मगर पनि सामान्य घाइते हुनुभएको छ भने पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ ।’

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...