पाँच दिनपछि माया लुहारको हत्यामा संलग्न शसस्त्र प्रहरीका भरत कोली महेन्द्रनगरबाट पक्राउ

Maya lahur

कञ्चनपुर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार बिहान उनलाई प्रहरीले महेन्द्रनगर बसपार्कमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका कोलीलाई यही मंसिर १३ गते मायाको हत्या र उनकी भदै नेहालाई घाइते बनाएर फरार भएको आरोप लागेको छ ।

२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए । पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए । त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।

मंगलबार बिहान घरबाट लुगा सिलाउन भनेर घरबाट निस्किएकी मायाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार शव भेटिएको थियो । उनीसँगै रहेकी मायाकी भदै नाता पर्ने १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा फेला परेकी थिइन् ।

उनको पनि धारिलो हतियारले घाँटीमा प्रहार गरिएको थियो। घाइते नेहाको डडेल्धुरास्थित अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते बालिका नेहाको बयान लिएको छ । प्रारम्भिक बयानमा उनले सशस्त्र प्रहरीका जवान भरत कोलीले हत्या गरेको बताएकी छन् ।

घाँटी काटिएको अवस्थामा मायाको शव बुधवार बेलुका शिवनाथ गाउँपालिका–६, स्थित शिवनाथ मन्दिर नजिक रहेको टेलिफोन टावर छेउमा फेला परेको थियो । घाइते नेहालाई सोही ठाउँबाट करिब ३ किलोमिटर दुरीमा गोठालाले भेटेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...