धरानका हर्क साम्पाङ भन्छन्, ‘बालेनलाई घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ’
धरान । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले विजय हात पारेपछि स्वतन्त्रको लहर नै चल्यो । तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच सधैं आलोचना मात्रै हुँदै आएको थियो । तर, साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएकोमा त्यो निन्दनीय छ भनेका छन् ।
पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन् । ति प्रश्नको जवाफ फर्काउने क्रममा बालेनका अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रियाहरू आइरहेको बेलामा हर्क साम्पाङ बालेनको पक्षमा देखिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् -'कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !'
प्रतिकृया दिनुहोस