दलित सेवा संघ दाङको अध्यक्षमा लीला विक पुनः अध्यक्ष चयन

Lila bk

दाङ । दलित सेवा संघ दाङको ७ औं जिल्ला अधिवेशनले महिला अधिकारकर्मी लीला विकलाई पुनः अध्यक्ष चयन गरेको छ । उनी २१ वर्षदेखि दलित सेवा संघमा कार्यरत छन् ।

उपाध्यक्षमा निमबहादुर विश्वकर्मा, सचिवमा सन्तोष चनारा, सहसचिवमा तेजबहादुर विश्वकर्मा र कोषाध्यक्षमा किरण विश्वकर्मा चयन भएका छन् । १३ सदस्य कार्य समितिमा देउकला विश्वकर्मा, रामबहादुर नेपाली, जानुका विक, छवी परियार, ध्रुव विक, जिवनी विक, उमलाल विक र रत्ना विक चयन भएका छन् ।

लीला विककै अध्यक्षताका भएको सो अधिवेसनको उद्घाटन कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय अध्यक्ष इश्वरी विश्वकर्मा, महासचिव सञ्जु विश्वकर्मा, नेपाल दलित समाज कल्याण संघका केन्द्रिय जोगेन्द्र विश्वकर्मा, दलित महिला संघ (फेडो) को जिल्ला अध्यक्ष युवा कडारालगायतले शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...