२१ वर्षीया माया लुहारको हत्या प्रकरण : जोसँग बिहे तयारी उनैतिर शंकाको सुई

Maya lahur

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्याको घटनामा सशस्त्र प्रहरीका एकजना जवानको संलग्नता रहेको पाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा शसस्त्र प्रहरीका जवानको संलग्नता रहेको खुलेको हो । आरोपी शिवनाथ गाउँपालिका–४ का शसस्त्र प्रहरीमा कार्यरत भरत कोली फरार छन् । फरार आरोपीको खोजीमा भारत जाने महाकाली नदीको तटीय क्षेत्रमा पनि सुरक्षा बढाइएको छ । अनुसन्धानमा सहयोग गर्न प्रदेश प्रहरीको एउटा अनुसन्धान टोली पनि बैतडी पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी प्रेमबहादुर शाहीले प्रारम्भिक अनुसन्धानबाट घटनामा शसस्त्र प्रहरीका जवानको संलग्नता रहेको पुष्टि गरे । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटना योजनाबद्ध ढंगले घटना गराएको देखिन्छ । बिहे गर्न तयार भएकी युवतीलाई भरतले घनघोर जंगलमा बोलाएका थिए ।

मोबाइलबाट मायाका केही गोप्य कुरा थाहा पाएर योजनावद्ध ढंगले हत्या गरेको हुनसक्ने सम्भावना रहेको छ । शिवनाथ मन्दिर क्षेत्रको जंगल सुनसान हुन्छ । त्यहाँ दिनमा हिँडडुल कम नै हुने स्थानीय बताउँछन् ।

मंगलबार बिहान घरबाट लुगा सिलाउन भनेर घरबाट निस्किएकी मायाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार शव भेटिएको थियो । उनीसँगै रहेकी मायाकी भदै नाता पर्ने १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा फेला परेकी थिइन् ।

उनको पनि धारिलो हतियारले घाँटीमा प्रहार गरिएको थियो। घाइते नेहाको डडेल्धुरास्थित अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते बालिका नेहाको बयान लिएको छ । प्रारम्भिक बयानमा उनले सशस्त्र प्रहरीका जवान भरत कोलीले हत्या गरेको बताएकी छन् ।

घाँटी काटिएको अवस्थामा मायाको शव बुधवार बेलुका शिवनाथ गाउँपालिका–६, स्थित शिवनाथ मन्दिर नजिक रहेको टेलिफोन टावर छेउमा फेला परेको थियो । घाइते नेहालाई सोही ठाउँबाट करिब ३ किलोमिटर दुरीमा गोठालाले भेटेका थिए ।

माया सैलोडास्थित जबलपुर माध्यमिक विद्यालय अध्ययन गर्थिन् । उनकी भदै पनि त्यही विद्यालयको कक्षा ९ की विद्यार्थी हुन् । पोखरास्थित सशस्त्र प्रहरी बलमा कार्यरत शिवनाथ–४ का भरत कोली पनि घरबिदामा आएका थिए । माया र भरतबीच भेटघाट गर्ने सल्लाह भएरै बिदामा आएको खुलेको छ ।

उनीहरुबीचमा चुनावको बेला मात्रै होइन्, त्यसअघि पनि फोन र म्यासेन्जरमा कुराकानी हुने गरेको थियो । ‘म तिम्रो बहिनीसँग बिहे गर्छु’ भन्दै भरतले मायाको दाजुलाई यसअघि नै प्रस्ताव राखेको परिवारका सदस्यले बताए ।

‘जागिरे पनि भएकाले मायाको परिवारबाट रोकतोक थिएन्, उनीहरु विवाह गरिदिन राजी थिए,’ स्थानीयसमेत रहेका पञ्चेश्वर गाउँपालिका(४ का वडाध्यक्ष जनकबहादुर चन्दले भने, ‘बुवाको पहिल्यै मृत्यु भइसकेको थियो, बहिनीको मन मिल्छ भने बिहे गर्दिन्छु भन्दै दाइ घरसल्लाहमा थिए ।’

चुनावका बेला माया पनि भरतकै गाउँतिर खटिएकी थिइन् । उनीहरुबीच फुर्सद मिलाएर कुराकानी हुने गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा भरतको संलग्नता देखाए पनि कारण अझै खुल्न सकेको छैन । जोसँग बिहेको कुराकानी चलिरहेको थियो, उसैमाथि भरत कसरी क्रूर घटना गर्नसम्म पुगे भन्ने प्रश्न रहस्यमय छ ।

चुनाव सकिएपछि केही दिनअगाडि स्थानीय कुलाउ बजारमा माया र भरतको भेट भएको थियो । खाजा खाएर घर जाने बेलामा भरतले मायाको मोबाइल खोसेका थिए । त्यो दृष्य बजारमा धेरैले देखेका थिए । प्रहरीले अहिले मायाको मोबाइलको पनि खोजिरहेको छ । मृतकले प्रयोग गर्ने मोबाइल अहिलेसम्म फेला पर्न नसकेको र खोजी भइरहेको डिएसपी शाहीले बताए । जसले घटनाको रहस्य खोल्न सघाउने अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...