बाजुराको त्रिवेणीमा चल्यो गोली, ३ जना घाइते

Tibeni bajura

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकामा झडप भएको छ । त्रिवेणी -७ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा गोली पनि चलेको छ । गोली चल्दा ३ जना घाइते भएका छन् ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए ।

उनका अनुसार एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।

बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको ९क० केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको छ ।

पेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण थाहा हुन नसकेको मतदान अधिकृत रामकुमार यादवले बताए । आफूहरूले मतदातालाई मतपत्र दिएर मतदानका लागि पठाउँदै गरेको, उता मतपेटिकामा एकाएक धुवाँ निस्किएको यादवले बताए ।

आगो देखिएपछि पेटिकामा पानी खन्याइएको उनको भनाइ छ । उनका अनुसार कुल ८४० मतदाता रहेकामा त्यस केन्द्रमा ५२८ खसेको थियो । तर आगलागीबाट कति मतपत्रमा क्षत्रि पुग्‍यो भन्ने पनि यकिन भएको छैन ।

उक्त घटनापछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको मतदान अधिकृत यादवले बताए । सुरक्षाकर्मीले कसैलाई पनि नियन्त्रणमा भने लिएको छैन । तर मतदान अहिले रोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...