तीनजुरे मिल्के जलजल क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ

Tmj ma paryatak

म्याङ्लुङ । निर्वाचन नजिकिँएको छ । बेला मुलुकका सबैजसो ठाउँँमा राजनीतिक गतिविधि अत्याधिक भएका छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ ।

तर तेह्रथुमको तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र घुम्न आउने पर्यटनकलाई न त निर्वाचनले प्रभाव पारेको छ, न चिसो मौसमले नै । यो बेला बसन्तपुरदेखि गुफा बजारसम्मका सानाठूला होटल भरिभराउ छ ।

टीएमजे क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । आसन्न निर्वाचनमा तेह्रथुम, संखुवासभा र ताप्लेजुङबाट उठेका उम्मेदवारहरूले समेत टिएमजे क्षेत्रको विकासको एजेन्डा बनाएर मत माग्दै हिडेका छन् ।

तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र यतिबेला आन्तरिक तथा बाहय पर्यटकले भरिभराउ बन्नथालेको छ । दसै तिहार सकिएसँगैै यस क्षेत्रमा पर्यटक बढ्न थालेका हुन् ।

वसन्तपुरदेखि सुरु हुँदै आरआर गार्डेन, तिनजुरे, चौकी बजार, मंगलबारे, गुफा पोखरी हुँदै तिनजुरे–मिल्के–जलजले क्षेत्रमा यो बेला घुइँचो नै लाग्ने गरेको छ ।

उक्त क्षेत्रमा गुराँस फूल्ने सिजन र हिउँ परेको बेला मात्र ओइरिने पर्यटनक यतिबेला कात्तिकको साता देखि नै दैनिक ३ हजार भन्दा बढी पर्यटक आइरहेको स्थानीय योगेन्द्रबहादुर सुवेदीले बताए । पाथीभरा मन्दिरको दर्शन गर्ने र पिक्क्निक खाले बढि आउने गरेको सुबेदीको भनाइ छ ।

पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ बनेका छन् । पर्यटकहरूको बाक्लो आगमनले होटल व्यावसायी उत्साहित बनेका छन् । पर्यटन बोर्ड्ले पर्यटकीय पूर्वाधार निर्माण तिब्रता दिएसँगै आगन्तुक बढिरहेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताए ।

बढ्दो पर्यटककै कारणले कार्कीले पनि पर्यटक मार्ग टुटे देउरालीमा होटल व्यवसाय सुरु गरेका छन् । ‘बसन्तपुरदेखि गुफासम्मका कुनै पनि होटेल खाली छैनन्’, उनले भने, ‘पर्यटनको भविष्य देखेर वसन्तपुरदेखि गुफा सम्मको आसपासका क्षेत्रमा जिल्ला बाहिरका नागरिकले समेत होटल, लज तथा रिसोर्ट सञ्चालनका लागि महँगो मूल्यमा जग्गा किनिरहेका छन् ।’

ट्रेकिङको आनन्द लिँदै वा ड्राइभिङ गर्दै, प्रकृति सँग रम्दै झुम्दै, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्दै यस क्षेत्रको भ्रमण गर्दा धेरै आन्नद लाग्ने पर्यटक ग्याल्जे शेर्पाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...