सूर्य थापालाई आयोगले दोस्रो पटक सोध्यो, के भेलुबाजेलाई २ हजार दिएकै हो ?

Surya thapa velu

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार सूर्य थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।

आयोगका कानुन अधिकृत मोहन राज जोशीले शुक्रबार विज्ञप्ति जारी गर्दै भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिएर आफ्नो चुनावी प्रचारप्रसारमा सहभागी गराएको बारेमा आयोगले थापालाई स्पष्टीकरणा सोधेको छ ।

प्यूठानमा थापाको चुनावी प्रचारमा सहभागी भएका बुढाले आफूलाई प्रचारमा गए वापत थापाले २ हजार रुपैयाँ दिएको बताएका थिए । उनको भनाई सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।चुनाव प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको भन्दै आयोगले यसअघि पनि थापालाई स्पष्टीकरण सोधेको थियो ।

निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ?’ स्पष्टीकरणमा भनिएको छ, ‘यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना [email protected] मा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयअनुसार निर्देशन दिइएको छ ।’

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत “विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने” व्यवस्था छ ।

यस्तै निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे वापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा वकसको रुपमा नगद वा जिन्सी दिन नहुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...