काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बम भेटियो, प्रहरी र सेना तैनाथ

Bam jawalkhel

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बम भेटिएको छ ।

ललितपुरको जावलाखेलमा आज बिहान बमजस्तो वस्तु भेटिएको छ । अहिले घटनास्थमाल प्रहरी र सेना तैनाथ भएका छन् । माओवादी–काङ्ग्रेस चुनाव प्रचारको सम्पर्क कार्यालयअगाडि बम जस्तै वस्तु भेटिएको हो ।

तस्बिरमा देखिएको रातो वस्तु कुकर बम भएको प्रहरीको भनाइ छ । तस्बिरमा देखिएको रातो वस्तु कुकर बम भएको प्रहरीको भनाइ छ । त्यसलाई निष्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली आउँदै गरेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरीले खाली गराएको छ । चुनाव आउन एक दिन बाँकी छँदा शंकास्पद वस्तु भेटिएको हो ।

काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।

बूढानीलकण्ठ स्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता ९एसपी० सीताराम रिजालले बताए । उनले भने–‘भत्केको पुलमा कुकरमा तार जोडेर राखेको फेला परेको थियो ।’

बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् । निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...