‘गृह मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँको पहिचान गर्नुपर्छ’

Ram prasad bhandari

काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेका कारण उल्लंघनका घटना कम भएको बताएका छन् । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहितामा निर्वाचन आयोगले कडाइ गरेका कारण निर्वाचन आचारसंहिता उल्लंघनका घटना कम भएको बताए ।

उनले आयोग पहिले सुधारात्मक मोडलमा भएपनि यस निर्वाचनबाट दण्डात्मक रुपमा प्रस्तुत भएको बताए । आयोगलाई उत्तेजित भएको आरोप लागेको भन्दै उनले आचारसंहिता परिपालन गराउने सन्दर्भमा आयोग संयमित रहेको बताए । आयुक्त भण्डारीले बढी आचारसंहिता उल्लंघन हुने समय प्रचारप्रसारको समय भएको भन्दै सो अवधिलाई घटाएका कारण झनै अप्रिय घटनाहरु घट्न नपाएको उल्लेख गरे ।

आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनका १४९ वटा उजुरी निर्वाचन आयोगलाई प्राप्त भएको जानकारी दिए । त्यसमध्ये ११६ जनालाई स्पष्टीकरण सोधेको उनले बताए । त्यसमध्ये ९ वटामा भने आचारसंहिता उल्लंघन भएको निर्णय आयोगले गरिसकेको उनले बताए । उनले ३५ वटा मिसिलको सन्दर्भमा एक/दुई दिन भित्रै निर्णय गरिने र अन्य क्रमशः निर्णय हुँदै जाने स्पष्ट पारे । आयुक्त भण्डारीले निर्वाचन आयोगले मतदानपूर्व नै आचारसंहिता उल्लंघन भएका उजुरीहरुको सम्पूर्ण निर्णय प्रक्रिया सक्ने बताए ।


त्यस्तै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले गृह र रक्षा मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँहरु पहिचान गर्नुपर्ने बताए । विगतको निर्वाचनमा हुलदंगा भए/नभएको आधारमा मात्र संवेदनशील र अतिसंवेदनशीलको परिभाषामा राख्नु उचित नहुने उनको भनाइ छ । उनले मौन अवधिमा उम्मेदवारले पैसा बाँड्ने गरेको भन्दै यसलाई रोक्न ध्यान दिनुपर्ने बताए । उनले ¥यापिड टिम नै बनाएर मौन अवधिमा पैसा बाँड्नेहरुलाई रोक्न सकिने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...