आज प्रदेश १ मा सार्वजनिक विदा, आजै उम्मेदवारी दर्ता

Pradesh ofice 1

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित सचिव अर्जुन निरौलाले जारी गरेको सार्वजनिक सूचनामा मन्त्री थापाको निधन भएको शोकमा सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उल्लेख छ ।

डेंगी रोगको संक्रमण भएका ५६ वर्षीय मन्त्री थापाको बिहीबार नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी आसन्न प्रदेशसभा सदस्य निर्वाचन मोरङ क्षेत्र ३ ९१० मा उम्मेदवार समेत थिए ।

त्यसैगरी निर्वाचन आयोगले यो क्षेत्रमा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका थापाको बुधबार निधन भएपछि आयोगले सो दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

आयोगको निर्णय अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

आयोगले मनोनयन दर्ता भएर निर्वाचन चिह्नसमेत दिइसकिएको र प्रचारप्रसार गरिरहेको अवस्थामा उम्मेदवारको मृत्यु भएको भन्दै अब सम्बन्धित दलले पुनः उम्मेदवारको मनोनयन गर्नुपर्नेमा नयाँ निर्वाचन कार्यक्रम दिएको हो । आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ अनुसार नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...