मोरङ क्षेत्र ३ को ‘क’ मा मंसिर ४ मै निर्वाचन हुने, कांग्रेसले उम्मेदवार मनोनयनको समय पाउने
काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ (१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा के हुन्छ भन्ने विषयमा आयोगले स्पष्ट पारेको छ । थापाको मृत्यु भएपनि निर्वाचन आयोगले निर्धारित समयमै निर्वाचन हुने जनाएको छ ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले प्रदेशसभा उम्मेदवारको निधनको जानकारी आयोगलाई रहेको र त्यसबारे आयोगले पुनः मनोनयन लगायतका सबै प्रक्रिया पूरा गर्ने र मंसिर ४ मा नै मतदानको तयारी भइरहेको बताए ।
थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउने छ । त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने उनले बताए । पर्याप्त समय बाँकी रहेकाले मतदान हुने मंसिर ४ को मिति भने फेरबदल नहुने उनले स्पष्ट पारे ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले प्रदेशसभा उम्मेदवारको निधनको जानकारी आयोगलाई रहेको र त्यसबारे आयोगले पुनः मनोनयन लगायत सबै प्रक्रिया पूरा गर्ने र मंसिर ४ मा नै मतदानको तयारी भइरहेको बताए ।
प्रदेश निर्वाचन ऐनको दफा ३२ मा उम्मेदवारको मृत्यु भएमा के गर्ने भन्ने विषय उल्लेख छ । उक्त दफाको उपदफा ४ मा निर्वाचन कार्यक्रममा लेखिएबमोजिमको काम सम्पन्न गर्नुपर्ने अवधि पन्ध्र दिनभन्दा बढी भएमा पुनः अर्को कार्यक्रम प्रकाशन गर्नुपर्ने छैन । सोही कार्यक्रमको समयावधिभित्र मतदानको काममा बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नुपर्ने गरी निर्वाचन कार्यक्रम निर्धारण गर्नुपर्नेछ भन्ने उल्लेख छ ।
यस्तै उपदफा ५ मा उपदफा (१) बमोजिम निर्वाचन कार्यक्रम स्थति भएकोमा पहिलो मनोनयनपत्र पेश गरेको उम्मेदवारले पुनः मनोनयनपत्र दाखिला गर्नुपर्ने छैन र जुन दलको उम्मेदवारको मृत्यु भएको हो त्यस्तो दलको तर्फबाट मात्र पुनः उम्मेदवार मनोनयन गर्न सकिनेछ भन्ने उल्लेख छ ।
प्रतिकृया दिनुहोस