संरक्षणको नयाँ जुक्ति : घरका छतभरि राताम्य खुर्सानी

Khursani jajarkot

सुर्खेत । डोल्पा​को त्रिपुुरासुन्दरी नगरपालिका –४ रंगका अधिकांश घरका छाना यतिखेर राताम्य छन्। यहाँका बासिन्दाले खेतबारीमा उत्पादन गरिएको खुर्सानीले छत नै रातो भएको हो ।

वैशाखमा लगाएको खुर्सानी असोज–कात्तिक महिनामा टिपेर सुकाउने गरिन्छ। अहिले यहाँ खुर्सार्नी सुकाउने र भण्डारण गर्ने काम चलिरहेको छ। खेतबारीबाट खुर्सानी टिपेर छतमा ल्याई घाममा सुकाउने क्रममा छत राताम्य देखिएको छ ।

भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने रंग गाउँ खुर्सानीले कात्तिक र मंसिरभर छत राता हुन्छन् । वैशाखमा लगाएको खुर्सानी कात्तिक–मंसिरमा टिपिन्छ। चिसो मौसम भएका कारण खुर्सानी सुक्न लामो समय लाग्ने गरेको किसान बताउँछन् ।

स्थानीय भावना बुढाले आफूले यो वर्ष १८ क्विन्टल खुर्सानी फलाएको बताइन्। यस्तै सरस्वती बुढाले १२ क्विन्टल उत्पादन गरेकी छिन् । अधिकांश माटो प्रयोग गरेर निर्माण गरिएको यहाँका घरका छत खुर्सानी सुकाउनका लागि उपयुक्त हुने गरेको उनले जानकारी दिइन् ।

यहाँ २१४ भन्दा बढी घरधुरी छन् । तत्कालीन सुँ गाविसको वडा नम्बर ७,८ र ९ लाई समेटेर त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ४ बनाएको छ । वडा सदस्य हरिवान बुढाका अनुसार वडाभर खुर्सानी राम्रो उत्पादन हुन्छ । एक क्विन्टल बिक्री गर्दा ७ हजार २०० आउने उनले बताए। सबैभन्दा बढी खुर्सानी बिक्री गर्नेले २ लाख र कम्तीमा एक लाख रुपैयाँसम्मको खुर्सानी बिक्री गरेर आम्दानी गर्दै आएको उनले जानकारी दिए ।

आधुनिक प्राविधि भन्दा पनि स्थानीय जातकै खुर्सानी सबैले मन पराउने र माग बढी हुने भएपछि आफूहरू त्यही अनुसारको योजना बनाएर खुर्सानी खेतीमा लागेको स्थानीय कालीबहादुर बुढाले बताए ।

गाउँमा पुगेको सडक मार्फत बोकेर त्रिपुराकोटस्थित बगरमा रहेका बजारमा बिक्री गरिन्छ। व्यवस्थित बजार भएमा आफूहरूले अझ ठूलो परिमाणमा खुर्सानी उत्पादन गर्ने चाहना रहेको स्थानीय बताउँछन् ।

अग्लो डाँडामा रहेको रंग गाउँ सडक सञ्जालसँग जोडिएको छ। तर सिँचाइ सुविधा सबै ठाउँमा नपुगेका कारण सोचेअनुरूप उत्पादन गर्न नसकेको स्थानीयको गुनासो छ । नगरपालिका र अन्य निकायले व्यावसायिक रूपमा खेती गर्दै आएका किसानका लागि अनुदानको व्यवस्था , सिँचाइको व्यवस्था गरिदिए सहयोग पुग्ने आशा गरेको भावनाले बताइन् ।

मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी स्याउ, ओखर र खुर्सानीका लागि चर्चित छ । त्रिपुरासुन्दरी नगरपालिकाबाट खुर्सानी खेतीका लागि कुनै सहयोग नगरेको कृषि शाखाका जगतबहादुर रोकायले बताए। स्याउ र ओखरका लागि मात्र बजेट विनियोजन गरी काम भएको उनले बताए । खुर्सानीका लागि समय, समयमा प्राविधिक रूपमा सल्लाह दिदै आएको समेत जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...