लक्ष्मी पुजाको दिन सूर्य ग्रहण लाग्ने, कुन ठाउँबाट कुन समयमा देखिन्छ ?

Surya grahan

काठमाडौं । यसपटकको खण्डग्रास सूर्य ग्रहण कात्तिक ८ गते मंगलबार लक्ष्मी पुजाको दिन साँझ ४ बजेर ४७ मिनेटदेखि अवलोकन गर्न सकिने भएको छ ।

पृथ्वी आफ्नो अरविटमा घुमिरहेको छ । घुम्ने क्रममा सूर्यको परिक्रमा गरिरहेको छ । त्यस्तै सूर्यले पनि आफ्ना अरविटमा पूरा सौर्य परिवारकै परिक्रमा गरिरहेको छ ।

परिक्रमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्य भागमा आउँदछ या एउटै लाईनमा पर्छ । यस्तो अवस्थामा न्यूमुन अमावस्य भनिन्छ । यस्तो अवस्थामा चन्द्रमाका कारण सूर्यको प्रकाश पृथ्वीमा आउन पाउँदैन र पृथ्वीको जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन । त्यही स्थानलाई नै ग्रहण लागेको भनेर भनिएको हो ।

नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५४ मिनेटमा, पोखरामा ४ बजेर ५१ मिनेटमा, झापाको भद्रपुरमा ४ बजेर ५८ मिनेटमा, जनकपुरमा ४ बजेर ५६ मिनेटमा र कञ्चनपुरको महेन्द्रनगरमा ४ बजेर ४७ मिनेटमा ग्रहण देखिने छ ।

ग्रहण प्रकृतिका लागि अद्रुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चारहजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग वेदमा भनिएको छ, ‘अत्री ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो । महर्षि अत्रीमुनि ग्रहणहरुकोबारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिक कालदेखि नै ग्रहणको अद्ययन तथा परिक्षण भएको प्रभाण भेटिन्छ ।

भौतिक विज्ञानले पनि स्वीकारेको छ, एन्टिरेडिएनका रुपमा र आद्यात्मिकले पनि नकारात्मक शक्ति एकदमै हानिकारक हुन्छ र यसबाट बच्नका लागि आग्रह गरेका थिए । यसको स्रोत भनेको, राहु र केतुले गर्दा हो । वैज्ञानिक तथा खगोलविद्का लागि स्ता खाले खगोलीय घटनाहरुलाई निक्कै महत्वका साथ हेरिने गर्दछ । एक पटक लागेको ग्रहण पुन दोहोरिन मानिसले धेरै लामो समय पछिमात्रै ठिक यही समयमा यस्तैखाले ग्रहण लाग्दछ ।

पृथ्वीको विपरीत तर्फ हुँदा पूर्णिमा हुन्छ यस्तो अवस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आउँदछ । यदि यस्तो अवस्थामा राहु यो केतु ग्रहमध्ये कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्रहण लाग्दछ । ग्रहण कालमा कुनै नदि तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नु पर्ने बिधान रहेको छ । साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्रहरुको जपले यसको प्रभाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले दिएको जानकारी अनुसार काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ ।

नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम(दक्षिण पश्चिम भागमा अवलोकन गर्न सकिनेछ । नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैंन र सूर्य सूर्यास्ततिर अग्रसर हुन जान्छ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ । सूर्य ग्रहण केवल चन्द्रमाको ुन्यून मूनु फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्य ग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ ।

सामान्यतया व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्य ग्रहण लाग्न जान्छ ।

सूर्य ग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन सक्दछ । पृथ्वीको एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ ।

चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भएकाले चन्द्र र सूर्य गोलाहरूमा बाहिर स्पर्शरेखाद्वारा निर्मित शंकु छायाँ (कोन सेडो) भित्र पृथ्वी पूर्ण रूपले नपर्ने हुँदा पृथ्वीको केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ । चन्द्रमाले सूर्यबाट आएको सम्पूर्ण प्रकाशलाई छेक्नाले पृथ्वीमा सघन छायाँ पर्न गई पृथ्वीको उक्त भागमा अवस्थित व्यक्तिहरूले खग्रास सूर्यग्रहण अवलोकन गर्न सक्दछ ।

चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिहरूले केवल खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्दछन् । सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ ।

यो समयमा एक्स रे, प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नुहुँदैन । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ । साधारण चश्माबाट यसको अवलोकन गर्नु हुँदैन । सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावमा सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन सकेका छैनन् ।

यूरोपका विभिन्न भागहरू, उत्तरपूर्वी अफ्रिका तथा पश्चिम, मध्य र दक्षिण एसियाबाट देख्न सकिनेछ । रुसको साइवेरिया मैदानबाट उच्चतम् सूर्य ग्रहणको मध्य देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...