‘विप्लव’द्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित

Netrabikram chand biplav 1

काठमाडौं । नेकपा (विप्लव समूह) को नवौँ महाधिवेशन पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’द्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

असोज २५ गतेदेखि कपिलवस्तुमा जारी महाधिवेसनमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । सोसँगै राजनीतिक प्रस्ताव पारित गरेको हो ।

प्रस्ताव पास गरिसकेपछि हलमा उपस्थित प्रतिनिधि पर्यवेक्षकहरूले नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, लगायतका नारा लगाउँदै एकमतले राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम, विधान र जातीय मुक्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्षसमेत निकालेको छ ।

महाधिवेशनले नेपालमा मुख्य गरी भूमण्डलीकृत पुँजीवाद एवम् दलाल संसदीय पुँजीवाद र उत्पीडित जनताबीचको अन्तर विरोध प्रधान भएर आएको समेत भनिएको छ । महाधिवेशनमा आज मंगलबार प्यानल प्रस्तावसहित अन्य विषयहरूमा निर्णय गरेपछि नवौँ महाधिवेशन सकिने जनपत्रकार संगठन नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...