शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली सार्वजनिक बिदा

Satya mohan joshi

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाइने छ ।

‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झन्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ सूचनामा भनिएको छ ।

आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनप्रेम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...