मतदानको १९ दिन अघिसम्म कोणसभा र आमसभा गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

Ram prasad thapaliya

काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारहरूले कोणसभा र आमसभा गर्न नपाउने बताएका छन् ।

निर्वाचन आयोगले आचारसंहिता देखाउँदै अहिले घरदैलो मात्रै गर्न पाउन भनेपनि उम्मेदवार र राजनीतिक दलहरूले निर्वाचन प्रचारप्रसार तीव्र पारेका छन् । कोणसभा, आमसभाका कार्यक्रम पनि तीव्र भएका छन् ।

उनले त्यसो गरेमा निर्वाचन आचारसंहिता उल्लंघन हुने र उम्मेदवारको मनोनयन खारेजसम्मको कठोर निर्णयमा आयोग पुग्ने उनले चेतावनी दिएका छन् । उनले निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारहरूले कोणसभा, आमसभा, सेमिनार गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको बताए ।

'थुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर जानुभयो भन्ने उजुरी आएका छन् । भोजभतेर गर्न पनि सुरु भएको छ भन्ने उजुरी परेका छन् । उजुरीको मसिनोसँग छानबिन गरिरहेका छौं । धेरै दर्जन स्पष्टीकरण पनि सोधिरहेका छौं । स्थानीयस्तरमा निर्वाचन अधिकृतहरूले कारबाही गर्नुभयो ठिकै हो । यदि त्यहाँबाट कारबाही गर्नुभएन भने आयोगले कठोर निर्णय गरेर कारबाही गर्नुपर्ने हुन्छ,' उनले भने, 'अहिले घरदैलोसम्म गर्नका लागि आचारसंहिताले छुट दिएको हो । घरदैलो प्रयोजनका लागि पनि सीमा निर्धारण गरेको छ । जे पायो त्यै गरेर घरदैलो गर्न पाइँदैन । त्यसैले आचारसंहिता अध्ययन गरेर उम्मेदवारहरूले त्यसको परिधिमा बसिदिनुस् । कानुनले सजाय नपाउने गरी घरदैलो गरिदिनुस् भनेर आग्रह गर्दछु ।'

उम्मेदवार र राजनीतिक दलहरूले अहिलेको अवस्थामा २५ जनासम्मको समूहमा मतदाताको घरदैलो कार्यक्रम गर्न सक्ने भण्डारीले बताए । अहिले घरदैलको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी आइरहेको उनले जानकारी दिए । निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले कठोर कारबाही गर्ने आयुक्त भण्डारीको चेतावनी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...