किस्ट अस्पतालले भन्यो, संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य चिन्ताजनक छ
काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा नाजुक बनेको छ ।
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जोशीको स्वास्थ अवस्था चिन्ताजनक रहे पनि उपचारमा कुनै कसर बाँकी नराखेको जनाएको छ । शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा।डा। सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको जनाएका छन् ।
अस्पतालका अनुसार विगत २० दिनदेखि उपचाररत जोशीको स्वास्थ्य अवस्था जटिल छ । जोशीलाई बिहीबार धेरै नै अक्सिजन दिनुपरेको भए पनि शुक्रबार त्यसमा केही सुधार देखिएको छ । यसका साथै मुटुको चालमा पनि समस्या रहेको छ । उनको हालको शरीरमा अक्सिजनको मात्रा एकदमै कम हुँदै गएको छ ।
१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।
अस्पताले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा उनलाई ३० लिटर प्रतिमिनेटको दरमा अक्सिजन दिइएको जनाएको थियो । पछिल्लो विज्ञप्तिमा भने ५ लिटर प्रतिमिनेटका दरले अक्सिजन दिइएको जनाइएको छ ।
उनले जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भनेका छन्, जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भनेका छन्, 'समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ ।' जोशीको उपचारका प्रा. डा. मिलेशजंग सिजापतिको संयुक्त नेतृत्वमा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस