क्राउन प्लाजा होटल पुगेको १० मिनेटमै किन पेट्रोल छर्केर जलिन् फिउइ खनाल ?

Crown plaza hotel

काठमाडौं । काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा आगोले जलेकी एक युवतीको मृत्यु भएको छ ।

असोज २४ गते बिहान ३ः ४५ बजे होटलको कोठामै आगोमा परी चाबहिल बस्दै आएकी २३ वर्षीय युवती फिउइ खनाल गम्भीर घाइते बनेकी थिइन् । सँगै कोठामा रहेका २६ वर्षीय प्रेमी केशव रिजालले उनलाई उपचारका लागि अस्पताल लगे पनि उनको मृत्यु भएको थियो

।असोज २४ मा बिहान दुईजना नक्सालस्थित क्राउन प्लाजा होटलमा गए । होटलमा पुगेको १० मिनेटमा युवती जल्न थालिन् । चावहिल घर भएकी खनालसँगै गएका रिजालले होटलमा राखिएको फायर एक्स्टिङगुइसर प्रयोग गरेर आगो निभाउने प्रयास गरे । त्यसपछि ट्याक्सी बोलाएर तत्काल उनलाई रिजालले अस्पताल लगे । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भयो ।

होटलमा प्रवेश गर्दा उनीहरु दुवैजना सहज रूपमा प्रवेश गरेका छन् । जलेपछि अस्पताल जाने बेलामा पनि युवति हिँडेरै ट्याक्सीमा चढेको सिसिटिभी फुटेजमा देखिएको छ । फिउइ र केशव प्रेम सम्बन्धमा थिए । फिउइ म्यानपावर संचालक हुन् । म्यानपावरमा एजेन्टको काम गर्ने केशवसँग फिउइ नजिकिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

घटनास्थलमा मिनरल वाटरको बोतलमा थोरै मात्रामा पेट्रोल भेटिएको छ । होटलमा जाँदा उनीहरूमध्ये एकजनाले पेट्रोल लिएर गएका थिए । सो पेट्रोल छर्केर आगो लगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ‘पेट्रोल कसले लगेको थियो भन्नेबारे अनुसन्धान हुँदै छ,’ एसएसपी बोहरा भन्छन्,‘अनुसन्धान अधिकृतले सिसिटिभी फुजेट विश्लेषण गरिरहेका छन् ।’

बिहानको घटना प्रहरीले साँझ ७ बजेतिर मात्रै जानकारी पाएको थियो । कीर्तिपुर अस्पतालमा युवतीको मृत्यु भएपछि मात्र घटनाबारे थाहा पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए ।​

फिउइको मृत्युपछि प्रहरीले बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका २६ वर्षीया केशव रिजाल र होटल संचालक ३७ वर्षीय पदम कुमार श्रेष्ठलाई पक्राउ गरेको छ । उनीहरूमाथि ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी बोहराले जानकारी दिए ।

मृतकका शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आएको छैन । घटनाबारे प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।​

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...