युक्रेनको पक्षमा नेपाल : संयुक्त राष्ट्रसंघले युक्रेनको सीमा परिवर्तनलाई मान्यता नदिने

Ukren vot for nepal

काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए । दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तान, बांग्लादेश, मालदिभ्स र भुटानले रुसी कदमको भर्त्सना गरेका छन् भने श्रीलंका र पाकिस्तान पनि मतदानमा अनुपस्थित भएका थिए ।
उक्त प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’

बुधबार महासभाबाट अत्यधिक बहुमतले पारित भएको संकल्प प्रस्तावमा अन्तर्राष्ट्रिय समुदायलाई कुनै पनि रुसी कब्जालाई मान्यता नदिन आह्वान गरिएको छ । साथै युक्रेनी भूभाग उसैको जिम्मामा छाड्न पनि सदस्य राष्ट्रहरूले माग गरेका छन् ।

उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ । संयुक्त राष्ट्र संघ महासभाले युक्रेनका ४ क्षेत्र गाभ्ने रुसी प्रयासको आलोचना गरेको छ ।

बुधबार महासभामा भएको मतदानमा नेपालसहित १४३ देशले रुसी कदमको निन्दा गर्ने संकल्प प्रस्तावमा मतदान गरेका हुन् । चीन, भारत लगायतका ३५ देश भने मतदानमा अनुपस्थित रहेका थिए ।

मतदान सांकेतिक भए पनि युक्रेनमाथि आक्रमण सुरु भएयता रुसविरुद्ध सबैभन्दा बढी मत परेको बीबीसीले जनाएको छ । गत हप्ता राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...