देउवालाई आयोगको क्लिन चिट : मतदाता परिचयपत्रमा जन्ममितिमा प्रिन्ट मिस्टेक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ ।
मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । तर मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।
देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने जन्ममिति ३१ जेठ २००२ लेखिएको छ ।
जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । मंगलबार देउवाको तर्फबाट उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाले लिखित जवाफ बुझाएकी थिइन् ।
देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस ९बीपी० का उम्मेदवार कर्णबहादुर मल्लले जन्ममिति फरक भएको भन्दै उजुरी दिएका थिए । डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा।आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका थिए । देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको थियो ।
देउवाको नागरिकतामा जन्ममिति वि.सं.२००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ । देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन् ।
त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मल्लको उजुरी खारेज गर्दै मतदाता परिचयपत्रमा देउवाका जन्ममिति गलत उल्लेख भएको प्रष्टकरण दिएको छ । मुख्य निर्वाचन अधिकृत वाग्लेले भने, ‘नागरिकता अनुसार नै हुनुपर्ने उहाँको जन्ममिति मतदाता परिचय पत्र र मतदाता नामावलीमा टाइप गर्दा गलत भएको रहेछ ।’
प्रतिकृया दिनुहोस