रुपन्देही ५ मा एमालेकै २ वटा टिकट : घिमिरे र भट्टराईले गराए मनोनय दर्ता

आफू आधिकारिक उमेदवार भएको दुवैको दाबी

Rupandehi 5

बुटवल । नेकपा (एमाले) रुपेन्देही निर्वाचन -५ मा विवाद भएको छ । एमालेबाट दुई उम्मेदवारले मनोनयन दर्ता गराएपछि विवाद भएको हो । तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरे र खिमलाल भट्टराईले एमालेबाट मनोनयन दर्ता गराएका हुन् ।

पार्टीबाट पाएको टिकटसहित घिमिरेले निर्वाचन कार्यालयमा पुगेर ३ः३० बजे उम्मेदवारी दर्ता गरेका हुन् । तर उनीपछि एमालेबाटै अर्को टिकट लिएर खिमलाल भट्टराईले ४ः४५ मा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालयले दुवै जनालाई एमालेको तर्फबाट मनोनयन दर्ताको निस्सा दिएको छ । घिमिरेको दर्ता नम्बर ११ र भट्टराईको दर्ता नम्बर १७ छ । एमालेले पहिला घिमिरेलाई टिकट दिए पनि आज बिहान मात्र भट्टराईलाई टिकट दिएको थियो ।

भट्टराई निकट सो क्षेत्रका कार्यकर्ताहरुले पार्टी अध्यक्षले सच्चाएर पछि दिएको टिकट नै आधिकारिक भएकाले एमालेको उम्मेदवार भट्टराई नै भएको दावी गरेका छन् । भट्टराई राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक थिए ।

दुवै उमेदवारले एमालेको आफू आधिकारिक उमेदवार भएको दाबीसमेत गरेका छन् । खिमलाल भट्टराईले घिमिरेको मनोनयन एमालेको आग्रहमा निर्वाचन अधिकृतले रद्द गरेको र आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् । ‘सूर्य चिन्हबाट एमाले उम्मेदवारका रुपमा मेरो मनोनयन दर्ता भयो । त्यसअघिको घिमिरेजीको उम्मेदवारी रद्द भयो,’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...