डिभी चिट्ठाको आवेदन खुल्यो
काठमाडौं । अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ ।
गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
आवेदनका लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारी प्रविष्ट गर्नुपर्नेछ । स्पोन्सरलगायत कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ ।
प्रतिकृया दिनुहोस