धनकुटाको उत्तरपानीमा बाबुले गरे ३० वर्षीय छोराको हत्या

Hatya logo

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ मा घरायसी विवाद हुँदा बाबुले छोराको हत्या गरेका छन् ।

आज विहान साँढे ८ बजेतिर घरायसी विवाद हुँदा पाख्रिवास वडा नं. ९, उत्तरपानीका ५४ वर्षका उपेन्द्र ठाडाले धारिलो हतियार प्रहार गरी छोरा ३० वर्षीय सन्तोषको हत्या गरेको प्रहरीले जनाएको छ ।

सन्तोष एक्लो छोरा हुन् । प्रहरीले छोराको हत्यामा संलग्न उपेन्द्र ठाडा मगरलाई खुकुरी सहित नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले घटना घरायसी विवादका कारण बिहान साँढे ८ बजे बाबुले छोराको हत्या गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...