पहिरोले चन्द्रागिरि ध्यान केन्द्र पुरिँदा एकै घरका ३ जनाको मृत्यु, मेसिन लगाएर निकालियो शव

Chandragiri pahiro

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नं. २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् । अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो ।

आज बिहानसम्म पनि खोजी कार्य भइरहेको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए । उनीहरू केही समयदेखि बिरामी भएकाले उक्त ध्यान केन्द्रमा उपचारका लागि बस्दै आएका थिए । 

राति १२:४० बजे गएको पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । अहिले स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा नागढुंगा प्रहरी प्रभाग‚ सशस्त्र प्रहरीको नीलबाराही गण र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।

शुक्रबार बिहान ६:४० बजे मेसिन लगाएर शव निकालिएको वडाध्यक्ष तामाङले बताए । अहिले मौसम खुलेको र पहिरो जाने क्रम पनि रोकिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...