बस दुर्घटनामा अपडेट : मृतक १६ मध्ये १५ को सनाखत, एक जनाको हुन बाँकी
हैटौडा । जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ ।
हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा– १६ की मुन्ननी देवि चौरसिया, हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सकेमप्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बसमा ५२ जना सवार रहेको खुलेको ट्राफिक प्रहरी कार्यालय मवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए । घाइतेमध्ये २१ जनालाई उपचारका लागि चितवन, आठ जनालाई वीरगञ्ज र पाँच जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । चार जना भारतीय नागरिकलाई आफन्तले भारतमा नै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनाको कारण प्रारम्भिक अनुसन्धानले ब्रेक फेल नै देखिएको छ । दुर्घटना भएको ४० सिटे बसमा ४९ जना सवार थिए, तीमध्ये १६ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
दुर्घटनमा घाइते भएकाहरूको हेटौंडास्थित चुरेहिल अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज, वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार चुरेहिल अस्पताल हेटौंडामा बसचालक स्याङजा आदिखोला ६ का दिप्तीनारायण ढकाल, वीरगन्ज -१४ का अनवर अंसारी, जीतपुर-सिमरा २१ का आएन बम्जन, कलैया -१४ घर भई हालः हेटौंडा बस्ने ५ वर्षीय अनस आलम, भरतपुर उपमहानगरपालिका -१२ का १६ वर्षीया रीतिका चौधरी, उनकी बहिनी १२ वर्षीया प्रिती चौधरी, पर्सा पकाहामैनपुर गाँउपालिका -४ का २० वर्षीय सन्देश यादव उपचाररत छन् ।
त्यसैगरी चितवन मेडिकल कलेजमा नाम नखुलेको एक महिलासहित वीरगन्ज -१६ की २ वर्षीया साक्षी चौरसिया, ९ वर्षीय दिब्य चौरसिया, ३५ वर्षीया लक्ष्मीयादेवी, २२ वर्षीया रविना चौधरी, २५ वर्षीय सन्दीप चौरसिया, खैरहनी ८ का ५४ वर्षीय भिमसेन अधिकारी, सोही ठाँउका ३८ वर्षीय रविना अधिकारी, १७ वर्षीय सन्देश अधिकारी, १४ वर्षीय सृष्टी अधिकारी, हेटौंडा -१४ की मन्जुकुमारी लोप्चन, ७ वर्षीया सुवानी घिसिङ, १२ वर्षीय विज्ञान घिसिङ, १४ वर्षीय अमृत लोप्चन र १४ वर्षीय प्रशान्त स्याङतानको उपचार भइरहेको छ।
त्यस्तै भरतपुर मेडिकल कलेजमा हेटौंडा -१४ की ठूलीमाया लोप्चन, भरतपुर -२२ का २१ वर्षीय आयुस बास्तोला र वीरगन्जस्थित नारायणी अस्पताल वीरगन्ज -१६ की ६० वर्षीया मालतीदेवी चौरसियाको उपचार भइरहेको छ ।
बागमती प्रदेश राजधानी हेटौंडा नजिकै दुर्घटना भएपनि एम्बुलेन्स पाउन मुस्किल भएको उद्धारकर्ताहरू बताउँछन् । अस्पतालमा रहनुपर्ने एम्बुलेन्सहरू समयमै नभेट्दा केही घाइतेलाई बसमा हालेर ल्याउन परेको उद्धारकर्ताहरूले बताए । हेटौंडाबाट रिफर हुने एम्बुलेन्स नभएपछि एउटै एम्बुलेन्समा ३ जना घाइते राखेर समेत लैजान परेको हेटौंडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।
प्रतिकृया दिनुहोस