स्वदेश फर्किएका सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ
काठमाडौं । एक युवतीलाई बलात्कार गरेको अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दिप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
लामिछाने ९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने उक्त विमान झण्डै १ घण्टा ढिलो अवतरण भएको थियो । उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गर्न नेपाल प्रहरीले तयारी अवस्थामा थियो ।
मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को लगाएको थियो । कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनी काठमाडौं आएका थिए । तर, काठमाडौंमा भिजिविलिको कमीले काठमाडौंको आकाशमा विमान घुमिरहेको थियो ।
कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लामिछानेले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका थिए । प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लगिएको छ । सुरुमा जाहेरी परेको गौशाला वृतमा लगिएको र त्यसपछि थप अनुसन्धानको थालिने प्रहरीको भनाइ छ ।
युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ । उनले गत भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
२०७९ भदाै २१ मा एक किशाेरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीकाे आराेपमा काठमाडाैं प्रहरी वृत्त गाैशालामा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदाै ५ गते तिलगंगाकाे एक हाेटलमा बलात्कार गरेको भन्दै पीडितले दिएकाे जाहेरी प्रहरीले भदाै २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएकाेमा भदाै २३ मा काठमाडाैं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएकाे थियाे ।
अदालतले पक्राउ अनुमति दिएलगत्तै प्रहरीले लामिछानेलाई फरार सूचीमा राख्याे भने नेपाल क्रिकेट संघ(क्यान)ले कप्तानबाट निलम्बन गरेकाे थियाे । निलम्बन हुनुअघिसम्म क्यानकाे सम्पर्कमा रहेका लामिछाने त्यसपछि भने सम्पर्कविहीन भएका थिए । उनी प्रहरी र क्यान दुवैकाे सम्पर्कमा नआएपछि विमानस्थल अध्यागमन कार्यालयले पनि उनलाई कालाे सूचीमा राख्याे । अनि मात्रै भदाै २४ गते फेसबुक र ट्वीटरमार्फत आफू निर्दाेष रहेकाे र कानुनी लडाइँ लड्न छिट्टै नेपाल आउने बताएका लामिछानेलाई नेपाल नफर्किएपछि प्रहरीले गत असोज ७ मा इन्टरपाेलकाे डिफ्युजन नाेटिसमा राखेर विश्वभरका प्रहरीमार्फत खाेजी अघि बढाएकाे थियाे ।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । नेपालमा आफूविरुद्ध जाहेरी पर्दा भदौ तेस्रो साता लामिछाने वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आवद्ध थिए ।
अफ्रिकी मुलुक केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला सकेर सीपीएल खेल्न उतैबाट वेस्ट इन्डिज लागेका लामिछाने सीपीएलमै व्यस्त थिए । सीपीएल चलिरहेकै बेला काठमाडौंमा एक किशोरीले लामिछानेविरुद्ध गौशाला प्रहरीमा जबर्जस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् ।
जाहेरीमा भदौ ५ गते लामिछानेले ती किशोरीलाई जबर्जस्ती नगरकोट पुर्याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पुर्याई जबर्जस्ती करणी गरेको उल्लेख छ । लामिछाने भदौ ६ मा केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।जाहेरीमा उनी नैराेबी उड्नु अघिल्लाे रात घटना भएकाे उल्लेख छ । तर, घटनाको दुई सातापछि मात्रै पीडित प्रहरीमा पुगेकी थिइन् ।
प्रतिकृया दिनुहोस