मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो, पर्यटकको उद्धार पुग्यो हेलिकप्टर

Manaslu him pahiro

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका (१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको छ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ ।

मनास्लुपछि धौलागिरि हिमालका लागि ३४ जना , हिमलुङ हिमालका लागि १२ जनालाई आरोहण अनुमति दिइएको छ । अरु १२ वटा हिमालमा न्यूनतम २ देखि १० जना सम्मलाई अनुमति दिइएको छ ।

सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो । अहिले मनास्लु आधार शिविरको मौसम सफा नभएको मनास्लु आरोहणका लागि सम्पर्क अधिकृत यशोदा अर्यालले जानकारी दिइन् । अहिले हिमपहिरोमा फसेका व्यक्तिहरूको उद्धारका लागि काठमाडौंबाट सामागाउँमा कैलाश एयरको एउटा हेलिकप्टर अवतरण भइसकेको उनले बताइन् ।

शरदयाममा सर्वाधिक आरोहणका लागि मनास्लु र अमादब्बलम हिमाल विदेशीहरुमाझ लोकप्रिय मानिन्छ । उनले केही व्यक्तिको हताहती भएको खबर आए पनि पुष्टि नभएको बताइन् । आफू अहिले सामागाउँमै रहेको उनले जानकारी दिइन् ।

यस पटक शरदयामका लागि ८ हजार मिटर भन्दा अग्ला तीनसहित १५ वटा हिमाल आरोहण गर्न शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना विदेशीलाई अनुमति दिएको छ । विभागका निर्देशक खतिवडाका अनुसार, शुक्रबारसम्म १५ हिमाल आरोहणका लागि ५८ वटा आरोहण दलमा १ नेपालीसहित ५ सय ६ जनालाई अनुमति जारी गरिएको छ ।

विभागका अनुसार, यी आरोहण दलमा १ सय २३ महिला र ३ सय ८३ पुरुषसहित ५ सय ६ जना सदस्य रहेका छन् । यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण गर्न ३८ वटा अरोहण दललाई अनुमति दिइएको छ । यसमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ सदस्य छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...