चीनतर्फका तातोपानी र रसुवागढी नाका खुले, कन्टेनर नेपाली भूमिमा प्रवेश

Tatopani border

काठमाडौं । चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रीएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ ।

कोभिड महामारी नियन्त्रण गर्न तिब्बतमा गरिएको लकडाउनका कारण नाका बन्द हुँदा केरुङमा रोकिएका कन्टेनर भित्र्याउन नाका खोलिएको हो । नाका खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात भएको रसुवा भन्सार कार्यालयले बताएको छ ।

तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले साउन २२ गतेदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । निर्यातमा रोक लगाएपछि दसैं र तिहारका लागि आयात गरिएको व्यापारीका अर्बौ मूल्य बराबरको सामान तिब्बतमा रोकिएको थियो ।

नाका खुलेपछि बिहीबार बिहान ‘चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको विषयमा चिनियाँ पक्षले रसुवागढी नाकाको अवलोकन गरेका थिए ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेको छ । थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएको उनले बताए ।

यता तातोपानी नाकाबाट कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएको भन्सार कार्यालयले जनाएको छ । बिहीबार भित्रिएको कन्टेनरमा एउटामा कच्चा उन र अर्कोमा जलविद्युत् पूर्वाधारका सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...