विहान ८ः५० बजे फर्किए चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु

Chansu firta

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु स्वदेश फर्किएका छन् । उनलाई सभामुख सापकोटाले बिहीबार विहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्सु बिहीबार बिहान स्वदेश फर्किएका हुन् । चान्सु् यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

सोही दिन सभामुख सापकोटा र अध्यक्ष चान्सु्बीच संघीय संसद भवनको तिलिचो हलमा शिष्टाचार भेट वार्ता भएको थियो । त्यस पछि संसद भवनको लोत्से हलमा सभामुख सापकोटा र चान्सु्ले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गरेका थिए । वार्ता पछि नेपालको संघीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

समझदारी पत्रमा सभामुख सापकोटा र अध्यक्ष चान्सु्ले हस्ताक्षर गरेका थिए । भ्रमणको पहिलो दिन सभामुखले चान्सु् र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा होटल सोल्टीमा ‘स्टेट डिनर’को आयोजना गरेका थिए । चान्सु्ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।

यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनले भेटवार्ता गरेका थिए । चान्सु्को टोलीले भक्तपुरको पनि भ्रमण गरेको थियो ।

अध्यक्ष ली चान्सुसँग नेपाली पक्षले लामो समयदेखि अवरुद्ध तातोपानी र रसुवागढी नाका, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालगायत विषय उठाएका थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...