आज ५८ औं राष्ट्रिय बाल दिवस

Child carrying doko

काठमाडौं । ५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई २०४७ भदौं २९ गते अनुमोदन गरेको दिनको अवसरलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउँदै आएको छ । दिवस २०६३ सालदेखि मनाउन थालिएको हो ।

बालदिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले बालबालिकाको उचित पालनपोषण‚ शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासमा आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हक सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचना निर्माण गरेको उल्लेख गर्दै उनले कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता रहेको बताएकी छिन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...