जातीय विभेद गर्ने विरुद्ध तत्काल प्रतिरोध गर्न माधवकुमार नेपालको निर्देशन

Dadhab nepal dalit sangathan miting

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले जनु ठाउँमा जातीय विभेद हुन्छ, त्यही ठाउँमा तत्काल प्रतिरोध गर्न निर्देशन दिएका छन् ।

नेपाल दलित मुक्ति संगठनको चौथो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले एक्काइसो सताव्दीमा पनि छुवाछूत गर्ने जो कसैलाई पनि नछोड्न र तत्काल प्रतिरोध गर्न दिर्नेशन दिएका हुन् । उनले देशको जुनसुकै ठाउँमा पनि छुवाछूत भए दलित मुक्ति संगठनका नेता तथा कार्यकताहरु एक भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीका कुनै सदस्यले जातीय छुवाछूत गरे पार्टीबाट तत्काल निष्कासन गर्ने र सँगसँगै ऐन अनुसार कारवाहीका लागि अगुवाई गर्ने प्रतिवद्धता पनि जनाए ।  ‘कुनै पनि कम्युनिष्ट कार्यकर्ताले विभेद गर्दैन । जातीय विभेद गर्ने कोही पनि नेकपा (एकीकृत समाजवादी) को नेता र कार्यकर्ता हुन सक्दैनन्, उनले भने, ‘कसैले छुवाछुत गर्न खोजे पार्टीमा उजुरी गर्नुस् । तुरुन्तै कारवाही गर्छाै ।’

उनले सबै दलित नेता तथा कार्यकर्ताहरुलाई काठमाडौं र सदरमुकाम केन्द्रित नहुन निर्देशन समेत दिए । उनले को उम्मेदवार हुन्छ भन्ने भन्दा पनि पार्टीका नेता उम्मेदवार हो भन्ने भावनाले काम गर्न पनि आग्रह गरे । उनले पाँच दलीय गठबन्धन गर्ने अन्तिम तयारी भइरहेको र त्यो आवश्यकता भएकोमा जोड दिए ।

सो बैठकमा सम्मानित नेता झलनाख खनालले वर्गीय विभेद कायम रहिरहेसम्म समाज अग्रगामी दिशातर्फ जान नसक्ने बताए । उनले समाज परिवर्तनका लागि कसैलाई जिम्मा दिने भन्दा आफैं अग्रसर हुनुपर्ने बताए ।

नेता खनालले दलित मुक्तिका लागि समानुपातिक मात्रै नभएर समान हिस्सेदार हुनुपर्नेमा जोड दिए । उनले आगामी मंशिर ४ गते हुने निर्वाचनमा पार्टीले दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

सो बैठकमा पार्टी उपमहासचिव  डा. विजय पौडेल, स्थायी कमिटी सद्स्य भवेन्द्र पराजुली, केन्द्रिय सदस्य पार्वती विशुंखे लगातले सम्वोधन गरेका थिए ।

सो बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दलित समुदायको उपस्थितीलाई बलियो बनाउन माग गरेको थियो । सो बैठकले विभिन्न विभागहरुको पूर्णता दिएको छ भने दलित आन्दोलनका विभिन्न समसामयीक विषयहरु पनि पास गरेको छ ।

दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) पोलिटव्यूरो सदस्य गणेश विश्वकर्माको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय काठमाडौमा भएको सो बैठकमा केन्द्रिय उपाध्यक्ष दुर्गा परियारले स्वागत गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...