जबराको तेस्रो दिनको जवाफ : रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भयो

Cholendra samsher rana

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज तेस्रो दिनको बयान दिएका छन् ।

संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले गत बुधबारदेखि बयान लिन सुरु गरेको हो । उनले यसअघि दुईपटक बयान दिइसकेका छन् ।

बैठकमा राणालाई न्याय सम्पादनमा देखिएको विचलन ढिलासुस्ती र ज्यान मुद्दा खेपिरहेका पूर्व डीआइजी रञ्जनकृष्ण कोइरालाको मुद्दामा फैसला घटाएकोबारे सोधिएको थियो ।  जवाफमा राणाले ढिलासुस्तीबारे मुद्दाको चाङ भएको र आफुले नतोकेर त्यस्तो नभएको जवाफ दिएका थिए ।

उनले बयानका क्रममा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्वीकार गरेका छन् । डीआईजी कोइरालाले करिब ९ वर्षअघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए ।

पत्नी हत्याको अपराध सावित भए पनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए । कार्यविधि कानुनले तोकेका सर्तहरू पालना गर्नुपर्नेमा तत्कालीन प्रधानन्यायाधीश राणासहितको इजलासले सोझै कैद सहुलियत दिएको र अर्कोतर्फ मुद्दाको मिसिलमै नभएका विषयवस्तुमाथि आफूअनुकूल जबर्जस्ती व्याख्या गरेको थियो ।

साथै जबराले विजय गच्छदारलाई धरौटीमा छाड्ने न्यायाधीशहरुलाई कारबाही गर्न कानुनमन्त्रीले साथ नदिएको आरोप पनि लगाएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेपछि फरार रहेका पूर्व उपप्रधामन्त्री गच्छदार, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्ट विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...