बढ्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोलको मुल्य १७८ रुपैयाँ पुग्यो
काठमाडौं । सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य बढेको छ ।
निमगकाअनुसार पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको हो । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ । नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।
डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो ।
प्रतिकृया दिनुहोस