कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्दो, एकैदिन ११३ जनामा सङ्क्रमण पुष्टि

Corona

काठमाडौँ । नेपालमा एकैदिन ११३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

मंगलबार मात्रै ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा संगीताकौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् ।

उनका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...