पोखरा महानगरपालिकाले आज नीति तथा कार्यक्रम ल्याउँदै

पोखराको पर्यटन क्षेत्रको विकासलाई केन्द्रमा राखेर नीति कार्यक्रम आउने

Niti tatha karyakram

पोखरा । पोखरा महानगरपालिकाले आज आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । पोखराको पर्यटन क्षेत्रको विकासलाई नै केन्द्रमा राखेर नीति कार्यक्रम आउने तथा कृषि, स्वाथ्य र पूर्वाधारलाई पनि प्राथमिकतामा राखिने महानगरपालिकाले जनाएको छ ।

सोही महानगरभित्रको ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी तथा क्षेत्रीय बसपार्क, पार्किङ लगायतका समस्या समाधान गर्ने गरी नीति तथा कार्यक्रम आउने भएको छ ।

यसअघि पूरा हुन नसकेका कामहरुलाई पनि निरन्तरता दिने गरी तयार पारिएको नीति कार्यक्रम मंगलबार राति पोखरा महानगरपालिकाको बोर्ड बैठकबाट अनुमोदन गराइएको छ ।

लेकसाइटको रिसोर्टमा कार्यपालिका बैठक राखेर नीति कार्यक्रम अनुमोदन गर्दा राति १ बजेको थियो ।महानगरपालिकाको सभाहल हुँदा-हुँदै रिसोर्टमा रात गुजार्ने गरी बैठक राखेको भन्दै मेयर धनराज आचार्यको आलोचना समेत भएको छ । पोखरा महानगरपालिकाको बजेट पनि यहि असार १० गते ल्याउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...