जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस : विभेद अन्त्यका लागि कानुनको कार्यान्वयनमा प्रधानमन्त्री देउवाको जोड

Sher bahadur deuwa 15

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु अपमानजनक कार्य भएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री देउवाले शुभकामना सन्देश दिँदै प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुने गरी जिउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित हुनुपर्ने बताएका हुन् ।

उनले समाजबाट सबै प्रकारका विभेद अन्त्य गर्नका लागि सबै सरोकारवालाहरूसँग आग्रह पनि गरेका छन् ।

प्रधानमन्त्री देउवाले सन्देशमा जातीय भेदभाव र छुवाछूतको व्यवहार सभ्य समाजको कलङ्कको रूपमा रहेकाले विभेद अन्त्यका लागि बनेका कानुनको सार्थक कार्यान्वयनमा जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...