काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले लिए सपथ

Balendra

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आज सोमबार सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा केही बेर अघि काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचित अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । आफूले सपथ लिएलगत्तै मेयर शाहले उपमेयर सुनिता डंगोल, वडाध्यक्षहरू र वडा सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए ।

मेयर साह र उपमेयर डंगोलले महानगरपालिकामा गएर आजै पद बहाली गर्दैछन् । अन्य पदाधिकारीहले पनि आजै पद बहाली गर्नेछन् ।  पद बहालीपछि पहिलो बोर्ड बैठक राखेर मेयर शाहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...