काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा,बालेनले कटाए ६० हजार मत

Balen shah 7

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जारी मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६० हजार मत कटाएका छन् । उनी विजयी हुने निश्चित बुधबार भइसकेको छ। गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित सुनिश्चित भएको हो।

उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिहं र नेकपा (एमाले) का केशव स्थापितलाई निकै पछि पारे । त्यस्तै, उपमेयरतर्फ नेकपा ९एमाले० की सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् । उनले सबैभन्दा धेरै मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २३ हजार मत पाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...