सुनचाँदीको मूल्य लगातार बढ्दै,आज कति पुग्यो ?

Gold price

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । गत साताकै बिहीबार ९८ हजार ६०० रुपैयाँ कारोबार मूल्य थियो । जुन, शुक्रबार ६०० रुपैयाँ घटेको थियो भने आज आइतबार सोही मूल्यले उकालो लागेको हो । यसैगरी, आज तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको बिक्री मूल्य १२ सय ८५ रुपैयाँ छ । जुन, गत साताको शुक्रबार १२ सय ८० रुपैयाँ कायम थियो ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...