जीडीपीमा बागमती प्रदेशको योगदान घट्यो, अन्य प्रदेशको के छ अवस्था ?

Gdp

काठमाडौं । चालू आर्थिक वर्ष २०७८–७९ मा कुल ग्राहस्थ उत्पादन (जीडीपीमा) बागमती प्रदेशको योगदान केही घट्न पुगेको छ । बिहीबार राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रदेशस्तरीय जीडीपीको योगदानको तथ्याङ्कमा बागमती प्रदेशको योगदान यस वर्ष ३६.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो । जबकि अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा बागमती प्रदेशको मात्र ३७.७ प्रतिशत रहेको थियो । त्यसो त तुलनात्मक रुपमा यो वर्ष अन्य प्रदेशहरूले राष्ट्रिय उत्पादनमा आफ्नो योगदान बढाएकाले पनि बागमती प्रदेशको घट्न पुगेको हो ।

यद्यपि, राष्ट्रिय उत्पादनमा सबैभन्दा बढी योगदान दिनेमा यस वर्षपनि सोही प्रदेश पहिलो नम्बरमा रहेको छ । विभागको तथ्याङ्क अनुसार १५.७ प्रतिशतको योगदानसहित प्रदेश नम्बर १ दोस्रो स्थानमा रहेको छ भने, १४.१ प्रतिशतसहित लुम्बिनी प्रदेश तेस्रो र १३.२ प्रतिशतसहित मधेस प्रदेश चौथो स्थानमा रहन सफल भएको छ ।

यता कुल ग्राहस्थ योगदानमा ८.९ प्रतिशतको योगदान दिएको गण्डकी प्रदेश पाँचौ स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेश ७.० प्रतिशतसहित छैटौं र कर्णाली प्रदेश ४.१ प्रतिशतसहित सातौं स्थानमा रहेको विभागले जनाएको छ ।

चालू आर्थिक वर्षका लागि अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको विभागले प्रदेश स्तरीय आर्थिक वृद्धिदरमा भने यस वर्ष बागमती प्रदेशको ६.७४ प्रतिशत, गण्डकी प्रदेशको ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३६ प्रतिशत, कर्णाली प्रदेशको ५.४६ प्रतिशत, प्रदेश नं. १ को ५.४१ प्रतिशत र सुदूर पश्चिम प्रदेशको ४.९३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनादेखि ९ महिनाको आर्थिक गतिविधि, प्रशासनिक तथ्याङ्कलाई आधार बनाएर योगदानको प्रक्षेपण गरेको विभागले मुख्य १८ वटा सूचकहरुलाई आधार मानेर यस्तो तथ्याङ्क निकालेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...