शुक्रबारसम्म मतपत्र ढुवानीको काम सकिने

Nirbachan ayog

काठमाडौँ । निर्वाचन आयोगले शुक्रबारसम्ममा मतपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले प्रदेशको १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको बताए । हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको छ । भुसालका अनुसार आयोगले केही स्थानीय तहको भने मतपत्र पुनः छाप्नुपरेको छ । स्थानीय तह निर्वाचन हुन अब नौ दिन बाकीँ छ । आयोगले निर्वाचन सम्पन्न गर्न अन्य आवश्यक काम यसअघि गरिसकेको छ ।

निर्वाचनमा कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना छन् । त्यसमध्ये महिला ८७ लाख ४१ हजार ५३० जना, पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १८३ जना छन् ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...